Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्समा संस्थापक स्वामित्व घट्यो

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, ०८ : ०२ मा प्रकाशित

गोर्खाज फाइनान्समा संस्थापक स्वामित्व घट्यो

गोर्खाज फाइनान्स लिमिटेडको सेयर स्वामित्य परिवर्तन भएको छ। संस्थापकतर्फको सेयर स्वामित्व घट्नेगरी हेरफेर भएको हो। कम्पनीले सेयर संरचनामा संस्थापकतर्फ ५७.५१ प्रतिशतलाई ५१ प्रतिशत कायम गरिएको छ।

अब संस्थापक समूहतर्फको सेयर कुल कित्तामध्ये ४४ लाख २६ हजार ७६८.३८ कित्ता कायम भएको छ। सर्वसाधारणतर्फ भने ४९ प्रतिशत अर्थात् ४२ लाख ५३ हजार १६९.६२ कित्ता कायम भएको छ । 

गत चैत २ गते सम्पन्न २८ र २९ औं वार्षिक साधारण सभाबाट कम्पनीले संस्थापकतर्फको सेयर स्वामित्व ५१ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको थियो। 

यसअघि कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत सेयर थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको