Like us!
Follow us!
Connect us!
Watch us!

तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, ०६ : १७ मा प्रकाशित

तनहुँ १ मा रास्वपाका  स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । 

निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । त्यस्तै तेस्रो स्थान नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत् प्राप्त गरेका छन् । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको