Like us!
Follow us!
Connect us!
Watch us!

फ्लाइ दुबईको जहाजमा आगो लाग्नुको कारण चरा हो भनेर पुष्टि हुन सकेनः नागरिक उड्डयन प्राधिकरण

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १२ : ०७ मा प्रकाशित

फ्लाइ दुबईको जहाजमा आगो लाग्नुको कारण चरा हो भनेर पुष्टि हुन सकेनः नागरिक उड्डयन प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हिजो (सोमबार) राति काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबई एफजेड ५७६ को जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ । यसअघि फ्लाइ दुबईले जहाजमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो । प्राधिरकणले आज (मंगलबार) उक्त विषयको पुष्टि हुन नसकेको जनाएको हो ।

विमानस्थलमा खटिएका कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको प्राधिकरणले जनाएको छ।  प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलको भनाई उदृढ गर्दै क्यानका इन्जिनीयरले भनिन्, ‘गएराति धावनमार्ग जाँच गर्ने क्रममा एउटा चरा भेटिएको छ तर सो चरा केही दिन अगाडि मरेर सुकिसकेको अवस्थामा पाइएको छ। यसबारे हामीले फ्लाई दुबईलाई पनि जानकारी गराएका छौँ, विमानको इन्जिनमा आगो लाग्नुको कारण यही भन्ने यकिन भएको छैन ।’

हिजो उडेको सो विमानको एउटा इञ्जिन फेल भएको थियो । आगो लागेर एउटा इञ्जिन फेल भएपनि चालकले यात्रालाई निरन्तरता दिएका थिए । दायाँ इञ्जिनमा समस्या भएपनि अर्को इञ्जिन चलाएर विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको नेपालस्थित नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

आगो पनि नियन्त्रणमा आएपछि विमान काठमाडौंमा पुन: अवतरण नगरी उडेको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन् । ५७६ एफजेड उडान नम्बरको विमान दुबईको समय अनुसार १२ बजेर ११ मिनेटको राति अवतरण भएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको