Like us!
Follow us!
Connect us!
Watch us!

क्यानविरुद्ध अदालत पुगे बालेन

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १४ : ०० मा प्रकाशित

क्यानविरुद्ध अदालत पुगे बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ (बालेन)ले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन्। आफूलाई कारबाही गर्नेगरि स्पष्टीकरण सोध्ने प्राधिकरणको निर्णय कानुनसम्मत नभएको भन्दै उच्च अदालतमा हिजो (बुधबार) मुद्दा दर्ता गरेका हुन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट २०८० जेठ ३२ को निर्णय भन्दै असार १ गते पनि स्पष्टीकरण सोधेकोले उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन आदेशको माग गरिएको छ।

प्राधिकरणसमक्ष ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको प्राधिकरणको निर्णय कानुन विपरीत भइ बदरभागी रहेको, त्यसलाई बदर गराउने सम्बन्धमा अन्य वैकल्पिक कानुनी उपचारको व्यवस्था नभएकोले रिट लिएर आएको बालेनले दाबी गरेका छन्। 

मेयर शाह, महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र टंकबहादुर थापाले संयुक्त निवेदन दिएका हुन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको