Like us!
Follow us!
Connect us!
Watch us!

आफू सेयरधनी भएको कम्पनीको हेलिकोप्टर उडाउन पाइलटलाई रोक(निर्णयसहित)

अर्थ संसार

विहीबार, २८ असार २०८०, १४ : ३५ मा प्रकाशित

आफू सेयरधनी भएको कम्पनीको हेलिकोप्टर उडाउन पाइलटलाई रोक(निर्णयसहित)

पाइलटहरुले अबदेखि आफू सेयरधनी भएको कम्पनीको हेलिकोप्टर उडाउन नपाउने भएका छन्। नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज एक विज्ञप्ति जारी गर्दैकम्पनीमा सेयरधनीहरुका रुपमा रहेका पाइलटहरुलाई हेलिकोप्टर उडाउन रोक लगाउने जनाएको हो । सोलुखुम्बुमा गत मंगलबार मनाङ एयरको हेलिकोप्टर दुर्घटनापछि क्यानले यस्तो निर्णय गरेको हो । 

प्राधिकरणले अबदेखि हेलिकोप्टरले चार्टर उडान गर्दा कम्तीमा एउटा विन्दु विमानस्थल अनिवार्य हुनुपर्ने निर्णय पनि गरेको छ। यसअघि दुवै विन्दुमा विमानस्थल नहुँदा पनि हेलिकोप्टरले उडान गर्दै आएका थिए। प्राधिकरणले मनसुन अवधिभर (सेप्टेम्बरसम्म) पर्वतीय उडान, सिलिङ उडान र पुष्पवृष्टिजस्ता विशेष प्रकृतिका उडानमा सेप्टेम्बरसम्म रोक लगाएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको