Like us!
Follow us!
Connect us!
Watch us!

"इन्भेस्टर लगानीकर्ताहरुको मनोबल बढेको छ तर पैसा नभएको अवस्था हो"

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, ०८ : १४ मा प्रकाशित

गरिमा क्यापिटलका वरिष्ठ अनुसन्धान विश्लेषक (सिनियर रिसर्च एनालिष्ट ) अमन रिजालले बजारमा पैसा अभावका कारण नेप्से बढ्न नसकेको बताएका छन्। अर्थसंसारले हरेक साता गरिमा क्यापिटलसँगको सहकार्यमा प्रस्तुत गर्ने साप्ताहिक कार्यक्रम " The Analytics " को नयाँ भागमा बोल्दै उनले भने,"बैंकमा डिपोजिट बढ्यो तर नेप्सेलाई फियुलिंङ्ग गर्ने पैसा भने बजारमा अभाव रहेको छ। "

"इन्भेस्टर लगानीकर्ताहरुको मनोबल बढेको छ तर पैसा नभएको अवस्था हो। " उनले बताए। 

ब्याजदर, डिपोजिट र नेप्से 

ब्याजदर र नेप्सेमा विपरीत सम्बन्ध रहेको छ। राष्ट्र बैंकले प्रकाशित गर्ने लेन्डिंङ्ग रेट घट्दा एक तरिकाको राम्रो सेन्टिमेन्ट बजारमा आउने आर्थिक गतिवधि सजिलो तरिकाले हुनसक्ने मेसेज ल्याउने गर्छ।  ब्यापारीले सस्तो ब्याजदरमा लगानी गर्न पाउने र उत्पादन बढाउने कारण नेप्से सकारात्मक प्रभाव बनाउन सहयोग मिल्छ। तेस्तै डिपोजिट रेट र नेप्से बिच प्रत्यक्ष सम्बन्ध रहेको छ। डिपोजिट रेट घट्दा जुन पैसा बैंकमा थुप्रिएको हो त्यो पैसा बाहिर आउने र नेप्सेमा लगानी हुने गर्दछ। 

(गरिमा क्यापिटलले साप्ताहिक र मासिक रुपमा रिसर्च रिपोर्टहरु प्रकाशित गरिरहेको हुन्छ। उक्त प्रकाशित रिपोर्टको आधारमा हरेक हप्ता आधारित भएर हामी छलफल यस कार्यक्रममा गर्छौ।  गरिमाले यसै साता प्रकाशन गरेको ब्याजदर र नेप्सेको सम्बन्ध सम्बन्धि रिसर्जलाई केन्द्रमा राखेका छौ। )

संवादमा गरिमा क्यापिटलले अघिल्लो साता सार्वजनिक गरेको रिपोर्टलाई आधार मानि कुराकानी  गरिएको छ। 

हेर्नुहोस् उनीसँगको कुराकानीको पूरा भिडिओः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको