नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । झापाको भद्रपुर विमानस्थलबाट बुधबारेमा हुने कार्यक्रममा सहभागी हुन जानेक्रममा उनीमाथि ढुंगामुढाको प्रयास भएको एमाले प्रमुख सचेतक पदम गिरीले पुष्टि गरेका हुन् ।
‘काठमाडौंबाट झापातर्फ जाँदै रहँदाखेरी भद्रपुर विमानस्थलबाट कार्यक्रम स्थलसम्म जानेक्रममा, कार्यक्रम स्थलमा पुग्नैलाग्दा कार्यक्रम स्थालभन्दा बाहिर बसेर हाम्रो पार्टीको अध्यक्षलाई बाहिरबाट होहल्ला गर्ने, कार्यक्रम विथोल्नका निम्ति अवाञ्छित गतिविधिहरु गर्ने र शान्ति भंग गराउने खाल्का गतिविधिहरु त्यहाँ भएका छन्,’– प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गिरीले भने ।
एमालेको नेतृत्व कार्यक्रममा सहभागी हुन जाँदै गर्दा अध्यक्ष ओलीमाथि ढंगामुडाको प्रयास भएको उनको दाबी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस