Like us!
Follow us!
Connect us!
Watch us!

२०२० को तुलनामा २०७० सम्ममा जापानको जनसङ्ख्या ३०%ले खुम्चिने

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, ०६ : २३ मा प्रकाशित

२०२० को तुलनामा २०७० सम्ममा जापानको जनसङ्ख्या ३०%ले खुम्चिने

जापानको जनसङ्ख्या सन् २०७० सम्ममा आठ करोड ७० लाखमा झर्ने अनुमान गरिएको छ । यो सन् २०२० को तुलनामा ३० प्रतिशतले कम हुनेछ ।

‘नेशनल इन्स्टिच्युट अफ पपुलेसन एण्ड सोसियल सेक्युरिटी रिसर्च’ले सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०४३ मा कूल जनसङ्ख्याको तीन करोड ९५ लाख ३० हजार जनसङ्ख्या ६५ बर्ष र सोभन्दा माथिको उमेर समूहको हुने र यो सङ्ख्या सन् २०७० मा तीन करोड ३६ लाख ७० हजारमा झर्नेछ । यसले सामाजिक सुरक्षा खर्चलाई शिखरमा पु¥्याउनेछ । 

जापानमा तीन महिनाभन्दा बढी समयभन्दा धेरै समय बसोबास गर्दै आएका विद्यार्थी र कामदारसहित विदेशी नागरिकको सङ्ख्या सन् २०७० मा १०।८ प्रतिशत अर्थात् ९३ लाख ९० हजार पुग्ने अनुमान गरिएको छ ।    

जापान आउने विदेशी नागरिकहरूको बढ्दो आगमनको बावजुद पनि सन् २०७० मा जापानमा १५ बर्षदेखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरूको जनसङ्ख्या चार करोड ५३ लाख ५० हजारमा झर्ने अनुमान गरिएको छ । यो जनसङ्ख्या सन् २०२० मा रहेको सात करोड ५० लाख ९० हजारबाट ४० प्रतिशतको कमी हुनेछ । 

सन् २०२० सम्ममा १२ करोड ६१ लाख ५० हजार रहेको जापानको कूल जनसङ्ख्या सन् २०५६ मा १० करोडभित्र झर्ने प्रक्षेपण गरिएको छ ।  सन् २०२२ मा आठ लाखभन्दा तल झरेको जन्मदर सन् २०५९ मा पाँच लाखभन्दा तल झर्ने अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसन्धान निकायले जनगणना जस्ता सार्वजनिक तथ्याङ्कका आधारमा हरेक पाँच वर्षमा ५० वर्षको जनसाङ्खिकीय पूर्वानुमान उपलब्ध गराएको हो । सरकारले देशको भविष्यको पेन्सन भुक्तानी गणना गर्न पछिल्लो तथ्याङ्क प्रयोग गर्ने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको