Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, ०६ : ४१ मा प्रकाशित

कामना सेवा विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम मौका

कामना सेवा विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ सेयरधनीहरुलाई चुक्तापुँजीको ४.४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२३२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

बैंकले आफ्नो साधारणसभा यहि वैशाख ३१ गते, सिद्धार्थ बुटिक होटल, सिमलटार बौद्ध, काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको छ । 

सभा प्रयोजनार्थ बैंकले यहि वैशाख १५ गते एक दिनका लागि बुकक्लोजको मिति तय गरेको छ । अर्थात आज वैशाख १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

उक्त सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान बाँडफाँड हिसाब तथा अन्य वितरण योग्य समेतबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ४.४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२३२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभामा गत आव २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । यसका साथै चालु आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको