कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको मेचीनगरमा रहेको एक आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग गरेको छ।
बैंकको इट्टाभट्टा शाखा कार्यालयको पहलमा मेचीनगर नगरपालिका–०८, सृजनाचोकस्थित आधारभूत स्वास्थ्य केन्द्रलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभयो। सो अवसरमा मेचीनगर नगरपालिका–०८ का वडा अध्यक्ष गिरीराज धमलाको उपस्थिति रहेको थियो।
बैंकको यो सहयोगबाट स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर तथा असहाय वर्गका बिरामीहरूका लागि यसले थप सहजता ल्याउने विश्वास स्वास्थ्य केन्द्रका प्रमुख पौडेलले व्यक्त गर्नुभयो। साथै, सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रही सहयोग प्रदान गरेकोमा उहाँले बैंकप्रति आभार समेत प्रकट गर्नुभयो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस