Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाद्वारा २०८१ को क्यालेन्डर सार्वजनिक

अर्थ संसार

विहीबार, २४ फागुन २०८०, ०८ : १९ मा प्रकाशित

कामना सेवाद्वारा २०८१ को क्यालेन्डर सार्वजनिक

कामना सेवा विकास बैंकले वि.सं. २०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो ।

बैंकको क्यालेन्डरमा राखिएका तालहरुको उचाई, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले क्यालेन्डरमा नै क्युआर कोडको व्यवस्था गरिएको बैंकले जनाएको छ । 

नेपाल पंचाङ्ग निर्णायक विकास समितिवाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्ययमवाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ । उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरु तथा वेभसाईट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ । उक्त क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथीहरु समेत समावेश गरिएको छ । 

डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको