Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको साधारणसभाले गर्यो लाभासं पारित,विमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, ०८ : १३ मा प्रकाशित

कामना सेवाको साधारणसभाले गर्यो लाभासं पारित,विमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन

कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। असोज ३० गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको सभाले ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ ।

बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा भएको सभाले लाभासं बाहेक लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८०।८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । 

यस बाहेक त् सभाले १०० रुपैया दरले ३५ करोड रुपैया बराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।
 
उक्त साधारणसभाले आ.व. २०८१÷०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

साधारणसभामा सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए  ।  जिज्ञासाको जवाफमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले  सेयरधनीहरुको सुझाव, स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्य संचालन गरिएको तथा चालु आ.व.मा पनि बैंकले सेयरधनीहरुको अपेक्षा बमोजिमको लक्ष्य हासिल गर्ने बताएका थिए।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको