Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरलाई हकप्रद जारी गर्न सेबोनले दियो अनुमति

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, ११ : ०४ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरलाई हकप्रद जारी गर्न सेबोनले दियो अनुमति

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटमेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको हो ।

सेबोनले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

उक्त पुँजीबाट कम्पनीले ७५ प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको