Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर निष्कासनका लागि हिमाल दोलखाद्वारा बुक क्लोजको मिति तय

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, ११ : ०६ मा प्रकाशित

हकप्रद सेयर निष्कासनका लागि हिमाल दोलखाद्वारा बुक क्लोजको मिति तय

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७५ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।

बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाइसकेको छ । 

वैशाख १२ गते बोर्डको अनुमति पाएसँगै कम्पनीले हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको हो । निष्कासन मिति हालसम्म कम्पनीले तय गरेको छैन् । कम्पनीले हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेका आधारमा ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर विक्री पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । 

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको