Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १२ : ४१ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा ६० करोड २७ लाख ५२ हजार २०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (मंगलबार) बिहान १०ः२७ बजेसम्म ३८ हजार २ सय ४ जना आवेदकले ६० लाख २७ हजार ५२२ कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले जेठ २२ गतेदेखि हकप्रद हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.७५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । 

कम्पनीले १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर कम्पनीले निष्कासन गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ वैशाख २७ गते बुकक्लोज गर्ने भएको हुँदा वैशाख २६ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

योग्य आवेदनहरूले असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको