Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, १० : ५७ मा प्रकाशित

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले उक्त सेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।

बैंकका संस्थापक सेयरधनी सरस्वती श्रेष्ठले ६१ हजार ७६२ कित्ता, सुरेन्द्र चन्द्र तायलले १ लाख २६ हजार ६०५ कित्ता, पुष्पा कुमारी मैलानी खरेलले ४ हजार ५८५ कित्ता, मनोज प्रधानाङ्गले १३ हजार ३०५ कित्ता र कली खत्रीले ६ हजार ७९१ कित्ता सेयर बिक्री गर्न लागेका हुन्।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमल, काठमाडौंमा सेयर खरिदका लागि निवेदन पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको