Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अभिलम्ब रोकौँ :सोबिता गौतम

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, १६ : ५७ मा प्रकाशित

नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अभिलम्ब रोकौँ :सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले नयाँ स्टक एक्सचेन्सलाई लाइसेन्स दिने प्रक्रिया अभिलम्ब रोक्नुपर्ने बताएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

सांसद गौतमले सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्जलाई नयाँ स्टक एक्सचेन्जमा डाईभर्ट गर्दा संस्था कमजोर हुने भन्दै यसलाई रोक्न आग्रह गरेकी हुन् । 

‘सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज जसले सरकारलाई प्रति वर्ष लगभग एक अर्ब रुपैयाँ लाभान्स योगदान गरिरहेको थियो । यस्तो संथालाई कमजोर बनाई यसबाट भइरहेको विजनेस नयाँ स्टक एक्सचेन्जमा डाईबर्ट गरि नेपालको पुँजी बजार निश्चित समूहको कब्जामा हुने गरी जुन नयाँ स्टक एक्सचेन्जलाई लाईसेन्स दिने तयारी गरिरहेको छ यो अबिलम्ब रुपमा रोकिनुपर्छ ।’ उनले भनिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको