Like us!
Follow us!
Connect us!
Watch us!

सोबिता गौतमले जितिन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, ११ : ३९ मा प्रकाशित

सोबिता गौतमले जितिन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अन्तर्राष्ट्रिय अवार्ड हात पारेकी छिन् । अवार्डका लागि सोबितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिकालगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए ।

वन योङ वर्ल्ड संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ । वर्ल्डले जनाएअनुसार अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् ।

देशमा युवामा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये ५ जनालाई यो उपाधि दिने निर्णय गरिएको आयोजकको भनाइ छ । संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८–३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको