Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय दलका युवाहरूले आफूमाथि दुर्व्यवहार गरेको भन्दै सांसद गौतमले सरकारलाई गराइन् ध्यानाकर्षण

अर्थ संसार

सोमबार, २१ साउन २०८१, १४ : ४६ मा प्रकाशित

राष्ट्रिय दलका युवाहरूले आफूमाथि दुर्व्यवहार गरेको भन्दै सांसद गौतमले सरकारलाई गराइन् ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निर्वाचन क्षेत्रमा जाँदा हिजो आफूमाथि दुर्व्यवहार भएको गुनासो गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आइतबार साँझ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६ मा आफूमाथि कुनै राष्ट्रिय दलको जिम्मेवारीमै रहेका व्यक्तिहरूले दुर्व्यवहार गरेको बताइन् । पहिरो हेरेर फर्किने क्रममा गाँजा र रक्सीको नशामा रहेका १५/२० जना युवाले आफूलाई घेरेर गाली गरेको उनको भनाइ थियो

‘आइतबार साँझ म आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बाढी पहिरो अवलोकन गर्न जाँदै थिएँ । त्यो पहिरो ठाउँमा अवलोकन गरेर त्यहाँबाट फर्केर आउने क्रममा कागेश्वरी मनहरा नगरपालिका-६ मनकामना टोलमा रहेको चिया पसलमा १५,२० जना मानिस जम्मा भइसक्नुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्थेन । उहाँहरू कोही गाँजाको नसामा लट्ठ र कोही रक्सीले मात्तिएको अनि कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । म त्यहाँ आइपुग्दा एकाएक उहाँहरूले घेर्न थाल्नुभयो र तपाई बुढो मान्छे भएको ठाउँमा मात्र जाने ? भन्दै प्रश्न गरियो । र चक्रव्यूह रचियो, घेरियो अनि मुख छाडियो । मैले कुरा राख्नुस् भनेर निवेदन गर्दै थिएँ तर ‘तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्दहरू प्रयोग गरेर आक्षेप लगाउने काम भयो । त्यसपछि मलाई अलि चुनौती फिल भएर चिया पसलतर्फ गएँ तर कतिले भिडियो उतार्नुभयो । मलाई दुर्व्यवहार गर्ने शैलीमा । त्यसपछि मेरो स्वकीय सचिवले बौद्धको डीएसपीलाई घटनाबारे जानकारी पनि गराउनुभएको छ ।’

उनले आफूलाई यो हर्कतको जिम्मा ती युवा आवद्ध राष्ट्रिय दलले लिन्छ कि लिँदैन ? भनेर  प्रश्न समेत गरेकी छन् ।

‘त्यो व्यक्तिको प्रोफाइल हेर्दा कुनै एउटा राष्ट्रिय दलको सङ्गठनको साथी भएको पाइयो । विवादमा पार्ने हिसाबले एउटी महिलालाई यसरी बाटो ढुकेर यस्तो व्यवहार गर्ने हो भने अब म आफ्नो निर्वाचन क्षेत्रमा जाँदा पनि चौतारो हेर्दै हिँड्नुपर्ने हो ? सरकारले सुरक्षा चुनौतीका बारेमा सोच्ने कि नसोच्ने ? यस्ता गम्भीर विषयलाई सरकारले ध्यान दिन जरुरी छ ।’

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको