Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन खर्च नबुझाउने गगन, सोविता, राजनसहित २ हजार बढीलाई १५ हजारका दरले जरिवाना तिर्नुपर्ने (सूचीसहित)

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १७ : ४१ मा प्रकाशित

निर्वाचन खर्च नबुझाउने गगन, सोविता, राजनसहित २ हजार बढीलाई १५ हजारका दरले जरिवाना तिर्नुपर्ने (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुलाई कारबाहीस्वरुप जनही १५ हजार जरिवाना तोकेको छ ।

आयोगले आज (मंगलबार) एक सूचना जारी गरी आम निर्वाचनमा भएको खर्च नबुझाउने प्रतिनिधि सभाका १ हजार ३७ तथा प्रदेश सभामा १ हजार ३ सय ९८ गरी कूल २ हजार ४ सय ३५ जनालाई जनही १५ हजारका दरले जरिवाना तोकेको हो ।

आयोगले तोकिएको जरिवानाका साथ सात दिनभित्रमा निर्वाचन खर्चसमेत पेस गर्न निर्देशन दिएको छ । यसरी खर्च पेस नगरी कारबाहीमा पर्नेहरुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, रास्वपाकी सांसद सोविता गौतम, पूर्व सभामुख ओनसरी घर्ती, एमालेका राजन भट्टराई, कांग्रेसका भिमसेनदास प्रधानसहितका नेताहरु रहेका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको