Like us!
Follow us!
Connect us!
Watch us!

दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बन्यो जनसचेतन बचत तथा ऋण सहकारी संस्था

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १२ : ३३ मा प्रकाशित

दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बन्यो जनसचेतन बचत तथा ऋण सहकारी संस्था

जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बनेको छ। संस्थाले डिजिटल डेटालाई सुरक्षीत राख्न र प्रणालीमा रहेका जोखिम पहिचान, जोखिमको बर्गिकरण गरी ह्याक् हुनबाट रोक्न तथा उक्त जोखिमले भविष्यमा निम्त्याउन सक्ने खतरालाई न्यूनिकरण गर्नका लागि सेक्युरिटी अडिट गरको हो। 

सूचना प्रविधि प्रणालीको सुरक्षा गर्न संस्थागत संरचना निर्माण एवं क्षमता अभिबृद्धि गर्दै  प्रविधि र जनशक्तिको संयोजनबाट सूचना प्रविधि प्रणालीमा हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सुरक्षा अडिट गर्ने कार्य प्रारम्भ गरेको हो, जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारि अधिकृत नवराज दाहालले भने ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी भएको वनकभर प्रा. लि. का ईन्फरमेशन सेक्यूरिटी अडिटर चिरन्जिबी अधिकारीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको