Like us!
Follow us!
Connect us!
Watch us!

डाक्टरको घरमा पुगेर नर्सले गरिन् आत्महत्या

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १५ : ४४ मा प्रकाशित

डाक्टरको घरमा पुगेर नर्सले गरिन् आत्महत्या

काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ ।

उनले कोसी अस्पतालमा कार्यरत डा सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिए । घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । 

प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ ।रासस/File photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको