Like us!
Follow us!
Connect us!
Watch us!

देशभरका नर्स आन्दोलित, न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चितको माग

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, १२ : १६ मा प्रकाशित

देशभरका नर्स आन्दोलित, न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चितको माग

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै नर्सहरू आन्दोलित भएका छन्। देशभरका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन्।

सरकारी सरह सेवा–सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी भएका छन्। नर्सिङ संघले अघि सारेको १५ बुँदे माग पूरा गर्नुपर्ने भन्दै नर्सहरूले देशभरका अस्पतालहरूमा प्रदर्शन गरेका थिए।

उनीहरूको माग अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी व्यवस्था गर्न, अतिरिक्त कार्यवापत भत्ता दिन, ज्यालादारी प्रणाली अन्त्य गर्न र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्छ। त्यस्तै, हालसम्म श्रमिकको रूपमा हेरिँदै आएका दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने माग पनि छ।

यी माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी नर्सहरूले दिएका छन्। अहिले बिहान १० देखि १२ बजेसम्म विरोध प्रदर्शन गरिरहेका नर्सहरूले कात्तिक १८ सम्म पनि माग सुनुवाइ नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको