Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको साधारण सभा सोमबार बस्दै, यी प्रस्ताव पारित हुने

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १७ : २६ मा प्रकाशित

एशियन लाइफको साधारण सभा सोमबार बस्दै, यी प्रस्ताव पारित हुने

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा भोलि (सोमबार) बस्दैछ। सभा होटल क्लासिक सिमरा बारामा बिहान ११ः३० बजे बस्ने गरी बोलाइएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परक्षिकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको अधिकृत पूँजी ५ अर्ब बृद्धि गरी ६ अर्ब कायम गर्न प्रबन्धपत्रको दफा ६.१ (क) मा संशोधन गर्ने समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीको बैशाख ८ गते बुक क्लोज गरेको हुदाँ बैशाख ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको