Like us!
Follow us!
Connect us!
Watch us!

प्रस्तावित लाभांश पारितसँगै एशियन लाइफको वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, १७ : ४१ मा प्रकाशित

प्रस्तावित लाभांश पारितसँगै एशियन लाइफको वार्षिक साधारण सभा सम्पन्न

एशियन लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल क्लासिक सिमरा, बारामा आज सोमबार सम्पन्न भएको कम्पनीले जनाएको हो । 

सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८ दशमलव ५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव ४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित गरेको छ ।

यस्तै सभाले सञचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरिक्षकको प्रतिवेदन, सहित असार मसान्तसम्मको हिसाब, नाफा नोक्सान, वासलात लगायतको विषयमा छलफल गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले लेखा परिक्षकको नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । बोनश शेयरपछि जारी र चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी ६ अर्ब कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने लगायतको प्रस्ताबहरु पारित गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको