नेपाल आर्थिक संघका वरिष्ठ उपाध्यक्ष डा. भवानी प्रसाद ढुंगाना नेतृत्त्वको टोलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेट गरेको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको सन्दर्भमा, अनुसन्धानमा आधारित विषय वस्तुहरूलाई आत्मसाथ गर्दै जनतालाई आशा जाग्ने किसिमले बजेट ल्याउन पर्ने विषयमा उनीहरुले अर्थमन्त्रीलाई सुझाएका हुन्।
भेटमा अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाल आर्थिक संघसँग सहकार्य गर्न तयार रहेको बताए । आर्थिक विषयमा जस्तै कृषि, रोजगारी बढाउन, उत्पादन बढाउन, पूँजीगत खर्च बढाउन, साथै अन्य विषयमा अनुसन्धान गरेर अगाडि बढ्न सक्दा धेरै उपयोगी हुने अर्थमन्त्री डा. महतले बताए ।
सोहि अवसरमा संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष ढुंगानाले अर्थ मन्त्रीलाई मानार्थ सदस्यता प्रधान पनि गरेका थिए । उक्त अवसरमा उपाध्यक्ष प्रा डा. गोविन्द नेपालले अर्थ मन्त्रालयसँग सहकार्य गर्दै आएको बताउँदै अगामी दिनमा पनि आर्थिक क्षेत्रमा अनुसंधान जारी राख्ने कुरा बताए ।
त्यसैले अनुसन्धानमा आधारित प्रतिवेदनहरूले देशको समग्र अर्थतन्त्र माथि उकास्ने सहयोग गर्ने बताउँदै उनले अर्थ मन्त्रालयले राम्रोसँग अध्ययन गरी बजेटमा समावेश गर्न सके वस्तुपरक हुने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस