Like us!
Follow us!
Connect us!
Watch us!
सुन तस्करी प्रकरणमा

अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सहयोग गर्छः अर्थमन्त्री डा. महत

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १२ : ४१ मा प्रकाशित

अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सहयोग गर्छः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् । आज (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । 

उनले सुन प्रकरणपछि केही कर्मचारीलाई निलम्बन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने विषयलाई प्रष्ट पारे । उनले सुन प्रकरणमा मेसिन वा मानवीय कमजोरी हो भन्ने छानबिन समितिले पत्ता लगाउने समेत दाबी गरे ।

उनले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको समेत जानकारी गराए । उनले अपराध गर्ने व्यक्तिहरुले नयाँ–नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकूल परिवर्तन गर्दै जानुपर्ने समेत धारणा राखे । उनले आज विमानस्थलको सम्पूर्ण क्षेत्रहरु निरिक्षण गरेका छन् ।-File photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको