Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करी प्रकरणमा मेरो कुनै संलग्नता छैनः अर्थमन्त्री डा. महत

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १२ : ५१ मा प्रकाशित

सुन तस्करी प्रकरणमा मेरो कुनै संलग्नता छैनः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुराकी दिनेले कमिसन पाउने नीतिका कारण सय किलो सुन विमानस्थलबाट समातिएको बताएका छन् । आज (शुक्रबार) वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले सय किलो सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको समेत स्पष्ट पारेका छन् । उक्त प्रकरणमा अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने नेकपा (एमाले)ले लगाएको आरोप निराधार भएको उनले बताए ।  

महतले भने, ‘अहिले जसलाई जे मन लाग्छ त्यो आरोप लगाइदिने, सामाजिक सञ्जालमा लेखिदिने गलत प्रवृति बढेको छ ।’आफ्नै कारणले त्रिभुवन विमानस्थलबाट सय किलो सुन समातिएको दाबी समेत उनले गरे । 

आफूले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले यता अर्थतन्त्रका समस्या विस्तारै कम हुँदै गएको समेत उनले प्रष्ट्याए ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको