राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार भने रोक्का गरिदिएको छ । लघुवित्तले लाभांश सम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएकोले नेप्सेले धितोपत्र विनियमावली बमोजिम संस्थाको सेयर कारोबार रोक्का गरिदिएको हो । उक्त विषय ३ दिनभित्र स्पष्टिकरण बुझाउन गर्न नेप्सेले संस्थालाई अुनरोध गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस