Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १० : ४३ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द

राष्ट्र उत्थान लघुवित्तले यस अघि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । लघुवित्तले आज (शुक्रबार) नेप्सेमार्फत् एक सूचना जारी गर्दै कारणसहित लाभांश रद्द गरेको व्योहोरा उल्लेख गरेको हो । 

कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८–७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर ०.७५ नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर, कम्पनीको बैशाख २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव रद्द गर्ने निर्णय गरेको हो। 

वित्तीय विवरणको नाफा नोक्सान बाँडफााड हिसाबमा लाभांश बारेको निर्णय उल्लेख नगरी नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतार्थ पेश हुन गएको र दोस्रो पटक राष्ट्र बैंकलाई लाभांश वितरणको लागि आग्रह पनि गर्दा त्यस उपर कुनै कारवाही नभएकोले लाभांश प्रस्ताव रद्द गरिएको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको