बिहेको लगन लागे संगै सुनको माग बढेको छ। बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोलामा १ हजार ८०० रुपैयाँले बढेर आज १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस