Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने निर्णय

अर्थ संसार

बुधबार, २० बैशाख २०८०, १३ : १५ मा प्रकाशित

सरकारले नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने निर्णय

सरकारले एसीसी कप क्रिकेट प्रतियोगितामा विजेता नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो। 

मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आवश्यक रकमको व्यवस्था  आगामी बजेटमा विनियोजन गरिने सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको