Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार पनि घट्यो नेप्से, कारोबार रकम ६२ करोडमा सिमित

अर्थ संसार

बुधबार, २० बैशाख २०८०, १४ : ५२ मा प्रकाशित

बुधबार पनि घट्यो नेप्से, कारोबार रकम ६२ करोडमा सिमित

आज बुधबार नेप्से परिसूचक अंकले घटेको छ । मंगलबार नेप्से ४.२७ ले घटेर १८६६ दशमलब ४० को विन्दुमा कायम भएको नेप्से आज बुधबार पनि  ९.१८ अंकल घट्दै १८५७.२३ मा बन्द भएको छ।

नेप्से संगै आज कारोबार रकम पनि घटेको छ । मंगलबार ६९ करोड २२ लाख ७१ हजारमाथिको कारोबार भएको नेप्सेमा आज ६२ करोड २ लाख माथिको मात्र कारोबार भएको छ  । 

आज ५१ कम्पनीको सेयर मूल्य बढेर बन्द भयो भने १५६ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ  । नेप्से घटेपनि शिवम सिमेन्ट र हिमालयन डिस्टिलेरी लिमिटेडको कारोबार अब्बल रह्यो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको