Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ कम्पनीकाे सेयर सूचीकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेप्से

शनिबार, २३ बैशाख २०८०, ०८ : ५३ मा प्रकाशित

नेप्सेमा ५ कम्पनीकाे सेयर सूचीकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

यस साता नेपाल स्टक एक्सचेञ्जमा ५ वटा कम्पनीकाे सेयर सूचीकृत भएकाे छ । याे साता दाेश्राे बजारमा ३ वटा नयाँ कम्पनी थपिएका छन् । साेही ३ कम्पनीकाे आईपीओसहित नेप्सेमा ५ कम्पनीकाे सेयर सूचीकृत भएकाे हाे ।

हेर्नुहाेस् कुनकाे कति कित्ता ?

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ लाख २३ हजार ३ सय ८० कित्ता आईपीओ नेप्सेमा यही साता सूचीकृत भएको हाे । लघुवित्तले सर्वसाधारणलाई निष्कासन गरेको २ लाख ३ हजार ३८० कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको थियाे । लघुवित्तको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ३७१ रुपैयाँ ८२ देखि एक हजार ११५ रुपैयाँ ४६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियाे ।

बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख कित्ता आईपीओ पनि यही साताकाे आइतबार नेप्सेमा सूचीकृत भएको हाे । लघुवित्तले सर्वसाधारणलाई निष्कासन गरेको ९७ हजार कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेको २ लाख ३ हजार कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको थियाे । लघुवित्तको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८६ रुपैयाँ ७८ पैसा देखि २६० रुपैयाँ ३४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियाे ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको बोनस सेयर पनि आइतबार नै नेप्सेमा सूचीकृत भएको थियाे । आइतबार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको ६.५ प्रतिशत बोनसबापतको ६ लाख १७ हजार ७ सय ६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । 

बुधबार नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको थियाे । लघुवित्तको १५ प्रतिशत बोनस सेयरबापतकाे कुल १६ लाख ८३ हजार २ सय ५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

त्यसैगरी, बिहीबार नेप्सेमा मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ सूचीकृत भएको थियाे । कम्पनीको ७६ लाख कित्ता आईपीओ बिहीबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसा ओपनिङ्ग रेन्ज तोकिदिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको