Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख २६ गते देखि तीन कम्पनीको कारोबार रोक्का हुने

अर्थ संसार

आइतबार, २४ बैशाख २०८०, १५ : ५३ मा प्रकाशित

वैशाख २६ गते देखि तीन कम्पनीको कारोबार रोक्का हुने

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर वैशाख २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

युनियन र प्राइमको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभा र गुराँसको सोहि दिन सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले वैशाख १३ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गते ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द हुने छन् । समान हैसियतमा यी तीन कम्पनीको मर्ज हुन लागेको हो।  

तेस्तै मर्जर पश्चात सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनार्थ वैशाख २६ गतेदेखि यी कम्पनीहरुको सेयर कारोबार रोक्का गरिने भएको छ।

मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइमको कार्यालय रहेको स्थान हात्तिसारमा रहने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको