Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फण्डहरुका अराजकताको पराकाष्ठा : आरक्षणको आइपिओ सेयर कमाई खाने भाडो, सर्वसाधारणलाई प्यानिक बनाउने खेल

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, ०८ : ४२ मा प्रकाशित

म्युचुअल फण्डहरुका अराजकताको पराकाष्ठा :  आरक्षणको आइपिओ सेयर कमाई खाने भाडो, सर्वसाधारणलाई प्यानिक बनाउने खेल

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ कारोबार भएको पहिलो दिन नै अधिकाश म्युचुअल फण्डहरुले आफ्नो आरक्षण प्राप्त सेयर फाल्न सुरु गरेका छन्। 

मार्केट मेकरका रुपमा परिचित हुन् पर्ने म्युचुअल फण्डहरुले आफुले आरक्षण बपात पाएको सेयरलाई कमाई खाने भाडो र सर्वसाधारणलाई प्यानिक बनाउने काम गरिरहेका छन्। 

आइतबार  स्पेसल प्रि ओपन सेसनमा यसको पहिलो कारोबार २७८.१० रुपैयाँमा कारोबार सुरु भएको मकर जितुमाया सुरी हाइड्रोपावरको नेप्सेको कारोबार खुला साथ म्युचुअल फण्डहरुले आफ्नो बिक्री सुरु गरे र कारोबारको पहिलो दिन नै  ७३ हजार ६९२ कित्ता कारोबार भयो। 

फलसोरुप आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो मकर जितुमाया सुरी हाइड्रोपावर। आइतबार ८.३१ प्रतिशतले यस कम्पनीको मूल्य घटेर २५५ मा कारोबार बन्द भयो। 

म्युचुअल फण्डहरुको यस्तै हर्कतले गर्दा पनि फण्डहरुलाई आइपिओमा प्रदान गर्ने कोटा खारेज गर्नुपर्ने आवाज उठने गरेको छ। कोटावापत पाएको सेयर लामो समय होल्ड गर्ने बजाय सुरुमै आफु निस्केर बजारलाई प्यानिक बनाउने र सर्वसाधारणलाई डुबाउने मनसाय फण्डहरुले राखेको देखिन्छ। 


यस कम्पनीको ७६ लाख कित्ता सेयर बिहीबार सूचीकृत भएको थियो ।  ‘एमएकेएआर’ संकेतमा यसको सेयर कारोबार सुरु भएको यस कम्पनीमा ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि आरक्षण गरिएको छ। 

सेयरबजारको पैसा हरायो-१ : फिक्सडमा म्युचुअल फण्डको ३ अर्ब माथिको डिपोजिट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको