Like us!
Follow us!
Connect us!
Watch us!

ब्राेकर नम्बर ४२ का कार्यकारी अध्यक्ष भन्छन्, "अबको बजार सुन्दर हुन्छ"

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १९ : ३० मा प्रकाशित

नक्सालमा रहेको सनी सेक्युरिटिज अर्थात् 'ब्राेकर नम्बर ४२'  २०६५ सालमा दर्ता भएर २०६७ सालदेखि विधिवत रुपमा सुरु भएको ब्रोकर कम्पनी हो । सनी सेक्युरिटिजकाे अहिले चितवनमा एउटा ब्रान्च रहेको छ भने पोखरामा पनि ब्रान्च खोल्ने तयारी रहेको छ । हाल यस ब्राेकर कम्पनीमा १ लाख १० हजार जना क्लाईन्टहरु रहेका छन् । यस ब्राेकरबाट १ लाख १० हजार केवाइसीहरु खुलेको छ । यस्तै, डिम्याट लगभग ३० हजारको हाराहारीमा रहेको छ ।

ग्राहकहरुले सनी सेक्युरिटिज किन छान्ने ?

बजार ३२ सयबाट १८ सयसम्म आउँदासम्म इन्डेक्स हेरिकन अझै माहोल बिस्तारै सकारात्मक हुँदै गइरहेको ब्रोकर नम्बर ४२ का कार्यकारी अध्यक्ष सन्तोष पौडेलको बुझाई छ । पुरानो क्लाईन्टहरु भने पछिल्लो बजारदेखि निरास देखिए पनि पछिल्लो समय सकारात्मक नै देखिएको उनले बताए । 

उनले भने,‘सिनारियो जसरी डेभलप भएर आईरहेको छ अहिले यसमा दुई वटा कुरा ओभरल मार्केटमा सप्लाई र डिमान्डको कुरा छ जसलाई हामीले डिमान्ड साईडलाई अलिकति बलियो बनाउन सक्यौँ भने डिमान्ड साईडलाई जोड दिँदै गर्दा जुन सरकारले ल्याएको छ, फरेन इम्प्लाेयमेन्ट गएकाहरु श्रम स्विकृती लिएर गएका छन् । उनीहरुलाई आइपीओको प्रावधान ल्यायो त्यो एकदमै राम्रो हो । स्कील मेनपावरबाट बाहिर गएको  र श्रम स्विकृती नभएका केसहरु पनि त्यतिकै छ उनीहरुलाई पनि यसमा इन्भल्भ गर्न सकियो भने श्रम स्विकृती नभएको र विदेशमा गएर काम गरिरहेका र पैसा नेपाल पठाईरहेकाहरुलाई पनि यसमा राम्रो हुने देखिरहेको छ ।’

इन्सुलर इन्भेष्टरलाई प्रायाेटाइज गरेर सम्पुर्णलाई कसरी बजारमा इन्भल्भ गर्ने कसरी अट्र्याक्टीभ बनाउन सकिन्छ भन्ने तर्फ नियामक निकायदेखि सबैले ध्यान दिनसके अझै राम्रो हुने अध्यक्ष सन्तोष पौडेलले उल्लेख गरे । उनले भने, ‘३२ सयबाट १८ सयमा बजार आइराख्दा पोलीसी लेभलमा एक लेभलको क्ल्यारिटी नभइकन दुइ चार वटा पोलीसी इन्ट्रुमर गर्ने पोलीसी नआइकन सोचजस्तो जान चाहीँ छ जस्तो लाग्छ ।’

पछिल्लो समय लाईसेन्स नयाँ ब्रोकरहरु थपिनेदेखि बैंकिङ लाईसेन्स पाउनेदेखि लिएर त्यसकारण पनि डिमान्ड क्रियसन पछि डिम्याट क्रिएट हुने भएकाले पछिको बजार धेरै राम्रो हुनेमा विस्वस्त रहेको उनले बताए । ‘जस्तो आजको दिनमा ६० लाख डिम्याट खाताहरु छन् । सँगसँगै पछिल्लो समय लाईसेन्स नयाँ ब्रोकरहरु थपिनेदेखि बैंकिङ लाईसेन्स पाउनेदेखि लिएर त्यो भएका कारण पनि डिमान्ड क्रियसन पछि डिम्याट क्रिएट हुने भएकाले पछिको बजार धेरै राम्रो हुन्छ जस्तो लाग्छ ।’

अन्य ब्रोकर आएसँगै नयाँ ब्रोकर बैंकिङको दायरा फराकिलो हुने र बैंकहरुको एप्रोच बैंकहरुको रिच र नयाँ साथीहरुको रिचले ओभरल बजारलाई नै राम्रो बनाउने उनको धारणा छ । ‘नयाँ ब्रोकर बैंकिङको जुन दायरा छ त्यो फराकिलो हुन्छ । बैंकहरुको एप्रोच बैंकहरुको रिच र नयाँ साथीहरुको रिचले ओभरल बजारलाई नै राम्रो बनाउँछ ।’

अन्य ब्रोकरहरुसँग प्रतिस्पर्धाको लागि टेक्नेलोजी ब्रोकर बनाएर हुन्छ वा नयाँ प्रोडक्ट बनाएर हुन्छ जसरी पनि ह्याण्डल गर्र्न सकिने उनको विस्वास छ ।‘स्टक एक्सचेन्ज नयाँ आउने भइहाल्यो सुरुमा त जुन एक्सचेन्जमा हामी आवद्ध थियौँ सरकारी स्वामित्व जसमा हामीले कारोबार गरिरहेका छौँ । त्यहीँबाट राम्रो भइदिए हुन्थ्यो भन्ने त हो । नयाँ स्टक आईरहेको सन्दर्भमा डेफिनेटली नयाँ पूँजी आईरहेको छ, नयाँ मान्छेहरु आईरहेका छन् । नयाँ रिसर्च आईरहेका छन् । सबै नयाँ हुने भएपछि पक्कै पनि राम्रो हुन्छ भन्ने लाग्छ ।’ उनले भने ।

मार्जिन ट्रेडिङ आउनु समग्र बजारका लागि फाईदा रहने बताउँदै उनले सनी सेक्युरिटिजको आफ्नै एप पनि सार्वजनिक गर्न लागेको बताए । उनले ४ वर्ष अघिको सेयर बजार र अहिलेको बजार हेर्दा धेरै फरक पाएको र अबको पछिको बजार पनि सुन्दर रहने बताए । ‘हामीले जुन लेभलको इन्भेष्टमेन्ट गरेर क्लाईन्टको कुरा सुनेदेखि क्लाईन्टको समस्या समाधान गर्नका लागि, कोभिडको समयमा आएका विभिन्न कुरा जस्तो सर्भिस कम भयो भन्ने जस्ता विभिन्न समस्या समाधानका लागि ह्वाट्सएप, भाईबर र कल सेन्टरको नम्बर राखेको छ जसले क्लाईन्टलाई सहज भएको छ ।’

ब्रोकरमा फ्रनडेक्समा टिएमएसको खाता खोलीन्छ, चलानी दर्ता र बैंकहरु अपडेट हुन्छ । यस कम्पनीमा एक दिनमै नयाँ क्लाईन्टहरु अनलाईनबाट १०० जना हुन्छन् र फिजिकल्ली २०–२५ जना आईरहेका हुन्छन् । क्लाईन्टहरुले अनलाईनबाट गर्दा नागरिकतासँगको फोटो र नागरिकताको फोटो  आवश्यक पर्छ ।

यस ब्रोकरको सर्भिसप्रति ग्राहकहरुबाट पनि राम्रो प्रतिक्रिया आईरहेको छ । कर्मचारीहरुपनि स्याटिस्फाई नै भएको र काम गर्ने वातावरण पनि राम्रो भएको कर्मचरीहरु बताउँछन् ।  सनी सेक्युरिटिजका डिपी हेड प्रविन सापकोटा भन्छन्, ‘डिपी डिपार्टमेन्टमा डिम्याट खाता खोल्ने, मेरो सेयर रजिष्ट्रर गर्ने त्यो भित्र रिन्यू गर्ने लगायत फ्रिज अनफ्रिज सबै त्यस अन्तर्गत नै पर्छ ।’

उनले थपे, 'त्यस्तै सेटलमेन्ट डिपार्टमेन्टभित्र सेलिङ पार्टमा सेयर बिक्री गरेका क्लाईन्टको रियाज भयो की भएन त्यो हेरेर कम्पनीको लिमिट समय हुन्छ उक्त समयमा जानकारी दिएर सेयर घटाउन पर्ने हुन्छ ।'

'यदि टीएमएसको समस्यामा तपाईँहरुको डीपी होल्डीङमा सेयर छैन भने टीएमएस होल्डीङमा हेरेर बेच्ने काम गर्नु हुँदैन । आफु कन्फर्म भएर मात्र सेयर बिक्री गर्नुपर्छ । टीएमएसमा डीपी होल्डीङको सेयर हेर्दा, टीएमएसमा प्राय देखाइदिन्छ । त्यहाँ सेयर अर्डर गर्छन र सेयर बिक्री हुन्छ ।'

ट्रेडिङ डिपार्टमेन्टका केशव प्याकुरेल भन्छन्,‘सेटलमेन्ट हुनुभन्दा अगाडी क्लाइन्टहरुले बिक्री गर्छन त्यसको लागि क्लाईन्टहरुले मेरो सेयरबाट इडीएस गर्नुहुन्छ त्यसलाई तानेर ल्याएर सेटलमेन्ट गराउनुपर्ने हुन्छ ।’

कम्पनीका कल सेन्टरमा दुई किसिमको कामहरु हुन्छ । कलबाट कलसेन्टरको नम्बरमा क्लाईन्टले सिधै कल गर्नसक्छन् । र अर्काे भनेको भाइबर र ह्वाट्सयापमा पनि कल/म्यासेज गर्न सकिन्छ र म्यासेन्जरमा पनि म्यासेज गर्न सकिन्छ । प्राय क्लाईन्टले गरेको म्यासेज आउने बित्तिकै रिप्लाई  २ मिनेटमा हुने कर्मचारी बताउँछन् । क्लाइन्टका समस्या पनि ५ मिनेटभित्र समाधान हुने कर्मचारीको भनाई छ ।

Market Stories feat. 42 | घण्टी बज्दा नबज्दै फोन उठ्छ, Viber र WhatsApp का मेसेज 2 मिनेटमै रिप्लाई


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको