Like us!
Follow us!
Connect us!
Watch us!

मलाई थाहा नै नदिई सांसदहरूको सुविधा कटौती गरियो - अर्थमन्त्री

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, १४ : १३ मा प्रकाशित

मलाई थाहा नै नदिई सांसदहरूको सुविधा कटौती गरियो - अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले सङ्घीय सांसदहरूको सुविधा कटौतीबारे आफू अनभिज्ञ रहेको बताएका छन्। राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

खनालका अनुसार कानुनमा उल्लेख नभएका सुविधा मात्र कटौती गरिएको हो। तर सांसदको स्वकीय सचिवसम्बन्धी सुविधा कानुनअनुसार नै भएको जानकारी दिएपछि उनले उक्त विषयमा आफूलाई जानकारी नभएको स्पष्ट पारे।

'यो प्रस्ताव मैले ल्याएको होइन, कानुन मन्त्रालयको हो,' अर्थमन्त्रीले भने, 'मलाई अनुसूची संशोधन गरेको थाहा थियो, तर त्यसमा के संशोधन गरियो भन्ने थाहा थिएन ।'

उनले सुविधा कटौतीको विषयमा कानुनमन्त्रीसँग छलफल गर्ने आश्वासन समेत दिए । सरकारले सङ्घीय सांसदका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन संशोधन गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको