Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रमा समस्या देखिएका छन्, त्यसलाई मैले स्वीकारेको छुः अर्थमन्त्री डा. महत

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १४ : ४३ मा प्रकाशित

अर्थतन्त्रमा समस्या देखिएका छन्, त्यसलाई मैले स्वीकारेको छुः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्यालाई स्वीकार गरेका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताका सन्दर्भमा भएको छलफलका क्रममा उनले यस्तो  बताएका हुन् ।

उनले भने,‘अर्थतन्त्रमा समस्या देखिएका छन्, त्यसलाई मैले स्वीकार गरेको छु । अब हाम्रो गन्तव्य कतातिर जान्छ, भन्नेबारेमा मैले निवेदन गरेको छु । कतिपयले यो गर्न सक्छौँ वा भन्छौँ मात्रै भनेर प्रश्न उठाउनुभएको छ । त्यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।’

आर्थिक गतिविधि कम भएका कारण नै राजस्वमा कमी भएको बताउँदै अब पुँजीगत खर्च प्रभावकारी बनाउने, मौद्रिक नीतिबाट समेत ब्याज घटाउने बित्तिकै राजस्वको आधार फराकिलो हुने उनले बताए । यो आधारबाट राजस्व बढाउने अवस्थामा पुग्ने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको