Like us!
Follow us!
Connect us!
Watch us!

इङवा हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, १० : ०४ मा प्रकाशित

इङवा हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

इङवा हाइड्रोपावरको आइपीओ आज बुधबार (वैशाख २७ गते) बिहान बाँडफाँट भएको छ । आज बिहान  बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा १ लाख २६ हजार ८६३ जना सर्वसाधारण आवेदकले गोलाप्रथा मार्फत सेयर हात पारेका छन् ।

यो मध्य ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताको दरले सेयर हात परेका हुन् । यस हाइड्रोपावरको आइपीओका लागि कुल १२ लाख ३ हजार ९९५ जनाले आवेदन दिएका दिए जसमा ४ हजार २८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।  

कम्पनीले यहिँ वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीले कुल १८ लाख कित्ता आइपीओमध्ये स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको थियो । 

त्यस्तै, ५५ अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।

लगानीकर्ताले  नतिजा हेर्न सीडीएस एन्ड क्लियरिङ,बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको प्रयोग गर्न सक्नेछन्।

नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

हेर्न 
https://iporesult.cdsc.com.np/

https://www.nsmbl.com.np/allotment

https://onelink.to/pn3n9r

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको