अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारका नाममा सबै ठाउँमा सर्जरी खोज्न नहुने बताएका छन् । आज (बुधबार) नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रि–बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
“अहिले अर्थतन्त्र सुधारका लागि सर्जरी नै खोजिएको छ । तर, एकैपटक सर्जरी गर्दा समस्या आउन सक्छ,” उनले भने, “प्राथमिकताका आधारमा काम गरे समस्या कम हुन्छ । हामीले त्यो कुरालाई ध्यान दिनुपर्छ । सबै ठाउँमा सर्जरी गर्न हुँदैन ।” वित्त नीति र मौद्रिक नीतिबाट व्यवसायीका समस्याको समाधान गर्न खोज्ने उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस