Like us!
Follow us!
Connect us!
Watch us!

नबिल सेक्युरिटिजद्वारा विशेष साधारणसभा आह्वान

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, १३ : ४९ मा प्रकाशित

नबिल सेक्युरिटिजद्वारा विशेष साधारणसभा आह्वान

नबिल सेक्युरिटिज लिमिटेड कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले जेठ १२ गते नबिल बैंकको केन्द्रिय कार्यालय तिनधारमा विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले नबिल सेक्युरिटज लिमिटेडले एन.बि.बि.एल सैक्यरिटिज लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा संयुक्त मर्जर एक्विजिसन समितिद्वारा नियुक्त सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता बीआरएस नेउपाने एण्ड कम्पनी चार्टर अकाउन्टेनको नियुक्ति तथा निजलाई भुक्तानी गरिने पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन, प्रारम्भिक सम्झौतापत्र तथा अन्तिम सम्झौता पत्र लगायतका गाभ्ने गाभिने सम्बन्धमा सम्पन्न भईसकेका सम्पूर्ण कार्यहरुलाई अनुमोदन गर्नेछ । 

त्यस्तै कम्पनीले एनबिबिएल सेक्युरिटिज लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनका लागि नियुक्त मूल्याङ्कनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यङ्कन प्रतिवेदन बमोजिम सिफारिस गरिएको आधारमा सञ्चालक समितिबाट अनुमोदित सेयर आदान प्रदान अनुपात १ः१ को आधारमा कम्पनीले एनबिबिएल सेक्युरिटिज लिमिटेडलाई प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ ।-File photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको