Like us!
Follow us!
Connect us!
Watch us!

जेठ महिनामा निक्षेपको ब्याजदर नघट्ने

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, १४ : ५८ मा प्रकाशित

जेठ महिनामा निक्षेपको ब्याजदर नघट्ने

निक्षेप निरुत्साहित हुने भएकाले बैंकरहरु ब्याजदर नघटाउने निर्णयमा पुगेका छन्। नेपाल बैंकर्स संघको आज (बिहिबार) बसेको बैठकले बैशाख महिनाको निक्षेपको ब्याजदर जेठमा कायम राख्ने निर्णय गरेको हो ।

गत वर्ष चैतको अन्तिम साता बसेको बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेको थियो । सोहि ब्याजदरलाई कायम राख्ने निर्णय गरेको हो ।

संस्थागत मुद्दतीको ब्याजदर ७.४९ प्रतिशत छ। साधारण निक्षेपको ब्याजदर भने ५.४५ देखि ७.४५ को बिचमा रहेको छ। कल निक्षेपको ब्याजदर २.७० प्रतिशत छ। 

निक्षेपको ब्याजदर परिवर्तन नभएपनि केही दिन अघि मात्रै राष्ट्र बैंकले मासिक लागतको आधारमा कर्जाको ब्याजदर तय गर्न सक्ने व्यवस्था गरिदिएको छ। यसै निर्देशन पछि कर्जाको ब्याजदर घटाउन सक्ने सुविधा बैंकहरूले पाएका छन्। 

यसअघि पुराना ऋणीले तीन महिनाको औसत आधार दर लिएर तय गरिएको ब्याजदरमा कर्जा पाइरहेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको