Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा लगानीको वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता न्यून छः अर्थमन्त्री डा. महत

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १२ : ५६ मा प्रकाशित

नेपालमा लगानीको वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता न्यून छः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका लागि वित्तीय स्रोत र साधनको आवश्यकता रहेको बताए । नेपालमा लगानीको वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता न्यून रहेको उनको भनाइ छ । मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’को  उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।     

नेपालले उदार अर्थतन्त्र र लोकतान्त्रिक व्यवस्था अंगालेकाले लगानीमा समस्या नरहेको र प्रतिफल लैजान पनि समस्या नदेखिएको अर्थमन्त्री महतले उल्लेख गरे । लगानीमैत्री वातावरणका लागि चाहिने नीतिगत र संरचनागत व्यवस्था नेपालमा रहेकोसमेत उनले दावी गरे । यी क्षेत्रमा आवश्यकताअनुसार सुधार गर्न सरकार तयार रहेको अर्थमन्त्री महतको भनाइ छ ।

“हाम्रो विकास आवश्यकता पूर्ति गर्न लगानीका क्षेत्र पहिचान गरिएका छन् । भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन क्षेत्रलाई लगानीको प्राथमिकतामा राखिएको छ”, अर्थमन्त्री महतले भने, “लगानी आवश्यकता पूर्ति गर्नका लागि कुनै नवीन वित्तीय स्रोतको अवधारणलाई हामी स्वागत गर्छौं ।” 

लगानीको वातावरण बनाउन आवश्यक नीतिगत र संरचानागत सुधारका लागि सरकार तयार रहेको पनि उनले बताए ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको