Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा रहेका नेपालीले देखाएनन घोराही सिमेन्टको आईपिओमा रुची

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, ०७ : ४५ मा प्रकाशित

वैदेशिक रोजगारीमा रहेका नेपालीले देखाएनन घोराही सिमेन्टको आईपिओमा रुची

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बिक्री खुला भएको आईपीओमा आकर्षण देखिएका छैनन् ।  वैशाख १९ गते देखि खुला भएको आईपीओमा ११३०२ आवेदन परेको छ  जसबाट  ४,५४,०३०  कित्ताको लागि लागि मात्र आवेदन परेको हो। 

७ लाख ५४ हजार ६६१ कित्ता आवेदन माग गरिएकोमा आवेदनको लागि एक दिन मात्र बाँकी रहदा सम्म  केबल १९ करोड ७५ लाख रकमको आवेदन परेको देखिन्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस आईपीओमा रुचि नदेखाउनुको प्रमुख कारण नै यस कम्पनीले अगाडी सारेको प्रति सेयर मूल्य हो। 

अरु आईपिओ जस्तै यस कम्पनीको प्रति सेयर १०० रुपैयाँको होइन। सार्वजनिक निष्काशनको १०%, तथा जारी पूँजीको १.९०% ले हुन आउने जम्मा रकममा  (रु. ७,५४,६६, १००/ बराबरको)  प्रिमियम बापत रु.३३५/- थप गरि प्रति सेयर रु.४३५/- को दरले ७,५४,६६१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएको थियो। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट रुची नदेखिएको घोराही पहिलो कम्पनी हुने निश्चित नै देखिन्छ। 

यो संगै घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि पानि आईपीओ खुला भएको छ। त्यहाँको पनि आवेदन न्यून बराबर नै देखिन्छ। घोराही उपमहानगरपालिका–४ मा सञ्चालित घोराही सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्ने तर्फ कुनै ध्यान नदिँदा अहिले स्थानीयवासी बेला बेलामा विरोधमा उत्रिएका छन्। स्थानीयलाई यस  आईपीओ विश्वास देखिदैन।  उद्योग प्रभावित क्षेत्रका वासिन्दाले मानवीय तथा वातावरणीय रुपमा गम्भीर असर गरिरहेको भन्दै उद्योगलाई हटाउने चेतावनी दिने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको