Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक कम्पनीको आइपीओ सेयर सूचीकृत

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १२ : ३१ मा प्रकाशित

नेप्सेमा एक कम्पनीको आइपीओ सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार एक कम्पनीको आइपीओ सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज माई खोला हाईड्रोपावर कम्पनी लिमिटेडको आइपीओ सेयर सूचीकृत भएको हो ।

नेप्सेमा माई खोलाको १०० अंकित दरका कुल ३९ लाख २१ हजार ५ सय ६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २० लाख कित्ता, सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १५ लाख २९ हजार ४११ कित्ता र स्थानीयको ३ लाख ९२ हजार १५७ कित्ता रहेका छन्। 

नेप्सेले माई खोलालाई ‘एमकेएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १११।६७ रुपैयाँदेखि अधिकतममा ३३५।०१ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।  यदि भोलि स्पेसल प्रि–ओपनिङ सेसनमा यो कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ। 

माई खोला हाइड्रोपावरले गत वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले गत वैशाख १९ गते बाँडफाँड गरेको थियो। 

यस्तो छ कम्पनीले जारी गरेको सूचना:

आज मिति २०८०/०२/०१ का दिन नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेड (नेप्से सिम्बोल MKHL) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००/- कायम भएको ३९,२१,५६८ कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

यसरी आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण गरिएको ३,९२,१५७ कित्ता (१०%), सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) १५,२९,४११ कित्ता (३९%) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २०,००,००० कित्ता (५१%) शेयर (धितोपत्र) समेत गरी जम्मा ३९,२१,५६८ कित्ता (१००%) साधारण शेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८०/०१/२७ गतेको निर्णयानुसार यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हुँदा सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्च : मिति २०८०/०२/०१ मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र उक्त कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनवाट यस स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, अनामनगर रहेको र सूचीकरण पश्चात् दिनुपर्ने RTS सेवा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको