Like us!
Follow us!
Connect us!
Watch us!

घोराहीको आईपीओ: वैदेशिक रोजगारीमा रहेकालाई आज अन्तिम दिन, स्थानीयलाई भने समय थप

अर्थ संसार

मंगलबार, ०२ जेठ २०८०, ०७ : ५१ मा प्रकाशित

घोराहीको आईपीओ: वैदेशिक रोजगारीमा रहेकालाई आज अन्तिम  दिन, स्थानीयलाई भने समय थप

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले जेठ २( आज ) सम्म आवेदन दिन सक्नेछन् । तेस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा लागि भने आवेदन दिने समय थप भएको छ। स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा जेठ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

 यो आईपीओ १०० मा भने बिक्री खुला भएको होइन। कम्पनीले आफ्नो जारी पूँजी रु.३,९७,१९,००,६००/- को २०%, अर्थात रु.७९, ४३,८०,१००/- बराबरका ७९, ४३, ८०१ कित्ता मध्ये सार्वजनिक निष्काशनको ५% तथा जारी पुँजीको १% ले हुन आउने जम्मा रकम रु. ३,९७,१९,०००/- बराबरको अंकित मूल्य रु.१००/- मा प्रिमियम वापत रु.३०० थप गरी प्रति सेयर रु.४००/- को दरले ३,९७,१९० कित्ता उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९ दाङ जिल्ला, बंगलाचुली गा.पा. वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गा.पा. वडा नं. ३, ४ का बासिन्दाहरुको निमित्त छुट्टाईएको छ।

सो स्थानीय बासिन्दाहरुको लागि छुट्टाईएको सेयरमा पूर्ण रुपमा आवेदन पर्न नआएमा बाँकी रहेको सेयर समेत सर्वसाधारणमा जारी गरिने सेयरमा थप गरी सोही अनुपातमा सार्वजनिक निष्काशनको १०%, तथा जारी पूँजीको १.९०% ले हुन आउने जम्मा रकम रु. ७,५४,६६, १००/ बराबरको अंकित मूल्य रु.१००/ प्रिमियम बापत रु.३३५/- थप गरि प्रति सेयर रु.४३५/- को दरले ७,५४,६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएको छ। 

कहिलेसम्म दिने आवेदन ?
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा जेठ २ गते हुनेछ भनेकोमा समय थप हुदै  जेठ १७ गते सम्म खुला हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २ गतेभित्र आवेदन दिनु पर्नेछ।

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता
अधिकतम -अधिकतममा १ लाख कित्ता(आयोजना प्रभावित क्षेत्रका बासिन्दा) र ७ लाख ५४ हजार ६६१ कित्ता ( वैदेशिक रोजगार)

कहाँबाट दिने आवेदन ?

स्थानिय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इण्डष्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

रेटिङ्ग 

 केयर रेटिङ नेपाल लिमिटेडबाट "CARE-NP BBB- (Is) (Tripple B Minus Issuer Rating ) " रेटिङ्ग प्राप्त गरेको छ। "CARE- NP BBB (Is) (Tripple B Minus Issuer Rating )" से कम्पनीको वित्तीय दायित्व बहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार "Moderate Degree of Safety Regarding Timely Servicing of Financial Obligations" रहेको जनाउँदछ । केयर रेटिङ नेपाल लिमिटेडले NP AAA (Is) देखि CARE- NP D (Is) सम्मको रेटिङ प्रदान गर्दछ जसमा ग्रेड "CARE-NP AAA (Is)" ले सकारात्मक आधार जनाउँछ भने "CARE-NP D (Is)" ले नकारात्मक आधारहरू जनाउँछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको