Like us!
Follow us!
Connect us!
Watch us!

बढ्नलाई 'बेस' बनाउँदै बजार

नेप्से

मंगलबार, ०२ जेठ २०८०, १५ : ११ मा प्रकाशित

बढ्नलाई 'बेस' बनाउँदै बजार

साताको तेश्रो कारोबार दिन आज मंगलबार सेयर बजारमा झिनो सुधार देखिएको छ । 

आजभन्दा १० महिना अघि बजार १८०७ को विन्दुमा आईपुगेको थियो । हिजो पनि बजार सोही विन्दुको आसपासमा रह्यो । धेरैले बजारले १८०७ को विन्दुलाई ब्रेक गरेर तल जाने अनुमान गरेका थिए । तर उनीहरुको अनुमान विपरित आज बजार सो विन्दुबाट माथि नै गयो । यतिबेला बजार बढ्नको लागि बेस बनाईरहेको अवस्था देखिन्छ । बजार एकैचोटी माथि जान नसके पनि बिस्तारै बिस्तारै माथि जाने बेस बनाईरहेको जानकारहरु बताउँछन् । राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाले पनि बजारलाई अप्रत्यक्ष रुपमा राम्रो हुने वातावरण सृजना गरिदिएको छ । राष्ट्र बैंक अहिले लचिलो नीति निमार्ण गर्ने मुडमा देखिन्छ । यसबाहेक अन्य फ्याक्टरहरुले पनि बजार बढ्ने आधारहरु प्रदान गर्छन् । जस्तै की आजै मात्र पेट्रोलको भाउ घटेर आएको समाचार हामीले सुन्यौँ । सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम पनि पेश गर्ने भएको छ । त्यहाँ पनि अर्थतन्त्र र वित्त क्षेत्रलाई राम्ररी सम्बोधन हुने सबैको अनुमान छ । यी सबै कुरा हेर्दा र अहिलेको बजारको माहोल देख्दा बजार बढ्नलाई बेस बनाईरहेको बुझ्न सकिन्छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ३ दशमलव २९ अंकले बढेर एक हजार ८ सय २१ दशमलव ६० को विन्दुमा पुगेको छ । नेप्से ०.१८ प्रतिशतले बढेकाे हाे । आज सेन्सेटिभ परिसूचक भने स्थिर छ ।

कूल २६९ वटा कम्पनीकाे २० लाख ६३ हजार ७ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा ६४ करोड १ लाख १७ हजार २ सय ६० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य र बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूह बढेको छ । सबैभन्दा धेरै नन लाइफ इन्स्योरेन्स समूह ० दशमलव ९९ प्रतिशतले बढेको छ ।

मंगलबार एनआईसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ५ करोड १ लाख ४६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज आत्मनिर्भर लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाकाे सेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर ८ सय ४८ रुपैयाँ ६० पैसा पुगेको छ ।

यता कारोबारमा आएको पहिलो दिन नै माई खोला हाइड्रोपावरको सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३ सय १ रुपैयाँ ५० पैसा कायम भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको