Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफकाे लाभांश परिमार्जन, घट्याे बाेनस

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, १२ : १७ मा प्रकाशित

प्रभु लाइफकाे लाभांश परिमार्जन, घट्याे बाेनस

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश नेपाल बीमा प्राधिकरणले परिमार्जन गरेकाे छ । 

कम्पनीकाे वैशाख २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । 

बीमा प्राधिकरणले लाभांश परिमार्जन गर्दै बाेनस घटाएकाे छ । अब कम्पनीले ९.८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको