Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफकाे विशेष साधारण सभा आज हुँदै, पूँजी वृद्धिको प्रस्ताव

अर्थ संसार

विहीबार, २३ असार २०७९, १० : ०७ मा प्रकाशित

प्रभु लाइफकाे विशेष साधारण सभा आज हुँदै, पूँजी वृद्धिको प्रस्ताव

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज (असार २३ गते, बिहीबार) हुँदैछ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार उक्त साधारण सभा आम्रपाली बैंक्वेट, भाटभटेनी, काठमाडाैँमा बिहान ११:४५ बजेबाट सुरू हुनेछ । 

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। पुँजी वृद्धिपछि सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझावबमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्तावित पनि अनुमोदन गर्नेछ।

सभाले अन्य कुनै जीवन बीमा कम्पनी आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको